प्रकाशनका लागि अनुसन्धान लेख (Manuscript) तयारीसम्बन्धी दुईदिने कार्यशाला सुरु

प्रकाशनका लागि अनुसन्धान लेख (Manuscript) तयारीसम्बन्धी दुईदिने कार्यशाला सुरु

2026-08-06

प्रकाशनका लागि अनुसन्धान लेख (Manuscript) तयारीसम्बन्धी दुईदिने कार्यशाला सुरु

लमजुङ, २१ साउन २०८३ – लमजुङ क्याम्पसको Research Management Cell (RMC) को आयोजना तथा Peace Corps Nepal को सहकार्यमा "Preparation of Manuscript for Publication" विषयक दुईदिने कार्यशाला आजदेखि लमजुङ क्याम्पसमा सुरु भएको छ । कार्यशाला २०८३ साउन २१ र २२ गते सञ्चालन हुनेछ र कार्यशालामा क्याम्पसका १२ जना शिक्षक तथा अनुसन्धानकर्ताहरू सहभागी रहेका छन् । कार्यशालाको स्रोत व्यक्ति Prof. Dr. Ya-Jane Wang ले अनुसन्धान लेखको तयारी, प्रभावकारी वैज्ञानिक लेखन, उपयुक्त जर्नल छनोट, प्रकाशन प्रक्रिया तथा अनुसन्धान प्रकाशनका नैतिक पक्षबारे प्रशिक्षत गर्नुहुने छ । आयोजकका अनुसार यस कार्यशालाले सहभागीहरूको अनुसन्धान लेखन तथा प्रकाशन क्षमता अभिवृद्धि गर्नुका साथै लमजुङ क्याम्पसमा अनुसन्धान र प्रकाशनको संस्कृतिलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।